Logo

सप्तरीको रन्जितपुरमा आगलागी हुदाँ २० लाख क्षति

                     
Logo ९ जेष्ठ २०७८, आईतवार १५:२३    

कञ्चनरुप ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १०को रन्जितपुरमा आज दिउँसो आगलागी २० लाख बराबरको क्षति भएको छ ।

स्थानिय रन्जितपुरका भरत चौधरीको परालको टालबाट सल्केको आगोले चौधरी लगायत उनका छिमेकीहरु बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको ५ वटा घर जलेर २० लाखभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अन्नपात, लत्ताकपडा,भडाकुडा लगायतका सरसरमान जलेर नष्ट हुदा करिव २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?