Logo

सात हजार६ यस ६४ जना कोरोना संक्रमित उपचारपछि निको भए

                     
Logo ९ जेष्ठ २०७८, आईतवार १७:३३    

काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।अहिले देशभर ८सय ७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९ सय ६५ जनाको पिसिआर र ९ सय ३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९ सय १४ जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ७ हजार ५ सय ९८ र एन्टीजेन विधिबाट ३ सय १६ जना संक्रमित पुष्टि भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?