Logo

कञ्चनरुपमा १४ सहित सप्तरीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि

                     
Logo ९ जेष्ठ २०७८, आईतवार १८:४९    

कञ्चनरुप।

कञ्चनरुप १४ जना सहित सप्तरीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जाको मृत्यु भएको छ।

गजेन्द्र नारायण सिँह अस्पतालको प्रयोगशालागरिएको परिक्षणबाट ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनरुप नपा ८ का २४ वर्षिय पुरुष, वडा १२ का ५१ वर्षिय पुरुष, ५२ वर्षिय पुरुष, वडा ८ का ३८ वर्षिय पुरुष, ६० वर्षिया महिला, वडा १ की ४७ वर्षिया महिला, ५४ वर्षिया महिला, वडा ११ की १५ वर्षिया किशोरी, वडा ५ का २८ वर्षिय पुरुष, वडा २ का ४२ वर्षिय पुरुष, वडा ८ का १५ वर्षिय किशोर, २० वर्षिय किशोर, वडा ४ का ४४ वर्षिय पुरुष र वडा ८ का २८ वर्षिय पुरुष सहित१४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी राजविराजका २ महिला , ७ पुरुष सहित ९ जना , सप्तकोशीका २ महिला १० जनाको एन्टिजेटमा पोजेटिभ देखिएको छ भने महादेवाका १ महिला सहित ३, छिन्नमस्ताका २ पुरुष, बोदे बरसाइन १ जना र विष्णुपुरका १ पुरुष । तिरहुतका १ महिलामा संक्रमण देखिएको छ । जिल्लमा संक्रमितको संख्या १ हजार ३९१ पुगेको छ । जसमध्ये ९२ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा बोदे बरसाईन नगरपालिका ८ की ४७ वर्षीया महिला र महादेवा गाउँपालिकाका २ की ६० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?