Logo

रक्सी र चुरोटको मूल्य बढ्यो ,आयकरमा भारी छुट

                     
Logo १५ जेष्ठ २०७८, शनिबार २१:१०    

काठमाण्डौं ।

सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्कमा वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को अनुमानित आय तथा व्ययको विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।

अघिल्लो वर्षको बजेटमा ती वस्तुमा राजश्व र कर बढाइएको थिएन ।

यसै गरी अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

वार्षिक २० लाखसम्मको कारोबारमा ९० प्रतिशत, २० देखि ५० लाखसम्मको कारोबारमा ७५ प्रतिशत र ५० देखि १ करोडसम्मको कारोबारमा ५० प्रतशित आयकर छुट गरिएको जानकारी पौडेलले दिए ।

यस्तै कोभिड–१९ महामारीको मारमा परेका सञ्चार उद्यमलाई १ प्रतिशत मात्र आयकर लाग्ने जानकारी उनले दिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?