कञ्चनरुप ।


सप्तरी प्रहरीले सामूहिक बलात्कारका फरार एक अभियुक्त लाई पक्राउ गरीअदालतको अदेशमा जेल चालन गरेको छ । साथै रुपनीका ५० पुरुषको हत्या आरोपमा ४ जनाई सेमत जेल चालन गरेको प्रहरीले जनाएको छ ।
सामूहिक बलात्कारका फरार एक अभियुक्त लफन्द्र र जोगिन्द्र भनिने प्रकाश मुखियाले २०६४ असोज ९ गते दिउँसो गाई वस्तु चराइरहेका को–बरसाईन गाविस–४ की एक १० वर्षीया बालिकालाई सामुहिक बलात्कार गरी फरार थिए । घटनापछि पीडितका बुवाले गरेको जाहेरीको आधारमा २०७५ असार ५ गते सप्तरी जिल्ला अदालतको फैसलाले प्रतिवादीहरुलाई जनही १३ वर्ष कैद ठहर गरिएको थियो ।

यता रुपनी गाउँपालिका–१ रायपुर स्थित रुपनीवाट राजविराज तर्फ जाने सडक खण्डमा गत जेष्ठ ६ गते स्थानीय ५० बर्षिया रामदल यादवको हत्या आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला अदालत सप्तरीले पूर्वक्षका लागि करागार चलान गरेको छ ।
प्रहरीले आरोपीहरुलाई घट्नास्थलवाट पक्राउ गरीएको दावी गरेका छन् । प्रहरीले गत जेठ ६ गते नै सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी बिहीबार अनुसन्धान कार्यपुरा गरी अदालतमा उपस्थित गराएका थिए ।












