कञ्चनरुप असार २६ गते ।


एमाले एकता कार्यदलको निर्देशन विपरित सप्तरीमा युवा संघ नेपालले मार्चपास गरेका छन ।
वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न वार्ता टोलीले निर्देशन गरेको भएता पनि सप्तरी सदरमुकमा राजविराजमा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबार प्रदर्शन गरेका हुन ।अपरान्ह २ बजे युवासंघ ओलि पक्षधरले मार्चपास गर्दे राजविरामा नगर परिक्रमा गरेका हुन ।

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिवारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूको निर्देशन थियो ।













