Logo

कृषि विकास बैंकले उद्योग वाणिज्य संघ सप्तरीलाई ५१ हजारको चेक हस्तान्तरण

                     
Logo २७ असार २०७८, आईतवार ०९:२६    

अम्विका दहाल

राजविराज, २७ असार

कृषि विकास बैक राजविराज शाखाले उद्योग वाणिज्य संघ सप्तरीलाई स्वास्थ्य समाग्री, खाद्य सामग्री खरिद गरेवापत ५१ हजारको चेक हस्तान्तरण गरको छ ।

कृषि विकास बैक राजविराज शाखाले हिजो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गर्दै कृषि विकास बैक प्रदेश नं. २ का निर्देशक राजेश कुमार श्रीवास्तवले उद्योग वाणिज्य संघ सप्तरीलाई उक्त चेक हस्तान्रण गरका थिए भने उद्योग वाणिज्य संघ अयक्ष अरुण प्रधानले उक्त समाग्री ग्रहण गरका थिए ।

उक्त कार्यक्रममा प्रदेश २ का निर्देशक श्रीवास्त्वले भने सबै भन्दा राम्रो लगानी कृषिमा भएको र ४२ प्रतिसत लगानी कृषिमा रहेको उल्लेख गर्दे जनताले कृषि विकास बैकलाई हेर्ने दृष्टिकोण फरक आउनु पर्ने र कृषि विकास बैकमा ४९ प्रतिसत जनताको शेयर रहेकोले यसलगानीको सुरक्षा गर्नका लागी पनिे केहि परिर्वत ल्याएको र बाटो नभाएको जग्ग धितो राख्दा २० लाख सम्म पनि ऋण प्रदान गरिदै आएएको बाताए ।

यसैगरी उद्योग वाणिज्य संघ अयक्ष अरुण प्रधानले इट्टा व्यवसायी , निर्माण ब्यवसायी , राइस मिल ब्यवसायीहरुले आफनो जग्गा मुल्य भन्दा धेरै कम गरि मुल्याङ्गन गरि दिने र नक्सामा बाटो नभएको जमिन धितो नराखिदिने र ब्याज दर पनि बढि रहेको ब्यवसायीको गुनासो रहेको उल्लखे गरे भने जग्गाको उचित मुल्याङ्गन गरी सहज रुपमा ऋण उपलब्ध गराउन माग गरे ।

निर्देशक श्रीवास्त्वलाई उद्योग वाणिज्य संघका अध्यक्षले मायोको चिनो प्रदान गरेका थिए भने उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षता सम्पन्न भएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?