Logo

नागरिक अभियान्ताको प्रदर्शनमा हस्तक्षेप, सिंहदरबार अगाडिबाट दर्जन बढी पक्राउ

                     
Logo २७ असार २०७८, आईतवार १२:०७    

काठमाडौं, २७ असार ।

प्रहरीले सिंहदरबार अगाडिबाट नागरिक अभियान्ताहरुलाई पक्राउ गरेको छ । स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध तथा धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति नागरिक आन्दोलनले आइतबार सिंदरबार अगाडि प्रदर्शनमा उत्रिएका अभियान्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले १५ जना भन्दा बढी नागरिक अभियान्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियान्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेतालगायत छन् । नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’ मा प्राध्यापक डाक्टर गोविन्द केसी समेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियान्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ । प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?