Logo

सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो खोप लगाएको २४ घण्टा पुग्दै एक पुरुषको मृत्यु

                     
Logo २७ असार २०७८, आईतवार १२:३१    

कञ्चनरुप, २७ असार ।

कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएको २४ घण्टा वित्न नपाउदै सप्तरीमा एक ६५ बर्षीय पुरुषको मृत्यु भएको छ ।

स्थनीय बलराम मण्डलले हिजो (शनिवार) दिउँसो करिव १ बजेतिर प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्राको खोप लगाएका थिए तर (आज) आइतबार आफनै ओछानमा मृत्यु भएको अवस्था थिए ।

सदाको झै राती खाना खाएर घरमा सुतेको मण्डल बिहान ४ बजे मृत अबस्था भेटिएका थिए । मृतका पत्नी देव सुनर मण्डलका अनुासर शनिबार सधै जस्तो खाना खाएर सँगै ओछ्यानमा सुतेको थियौं, सधै एकाबिहान उठने मान्छे अबेर गरेपछि उठाउन जाँदा उहाँ मृत्यु को थाहा पाएँ । खोप लगाउनु भएका उहालाई कुनै समस्या पनि देखिएको थिएन, मण्डलले भनिन, एक्कसी घटना भयो । कृतक खोप लगाए पछि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएर थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?