Logo

विराटनगरमा ब्राउन सुगर सहित एक जना पक्राउ

                     
Logo १८ श्रावण २०७८, सोमबार १२:५८    

विराटनगर, १८ साउन ।

मोरङ्गको विराटनगरबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे ६ का २३ बर्षीय निरज गोडी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?