काठमाडौं, १८ साउन ।


नेपालमा पछिल्लो २४ घण्टामा ३् हजार १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमितको कुल संक्रमितमध्ये ६ लाख ५८ हजार १ सय २२ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ । सक्रिय संक्रमितमध्ये ६ सय ९० जना आईसीयू र १ सय ७५ जना भेन्टिलेटरमा रहेका छन् भने २८ हजार ४ सय ५ जना होम आइसोलेशन हुँदा ३ हजार२ सय २४ जना भने संस्थागत आईसोलेशनमा छन् ।













