राजविराज साउन १८ गते ।


सप्तरीकी आराध्य तथा नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवति मन्दिरको मुकुट चोरीको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले सोमबार प्रत्रकार सम्वेलन गरी सार्वजनिक गरेको छ ।
सप्तरीको सदरमुकाम राजविराज देखि दक्षिणमा २० किलो मिटरको दुरिमा रहेको दक्षिण क्षेत्रमा पर्ने भगवितको मुकुट चोरीको आरोपमा सप्तरीकै विष्णु्पुर गाउँपालि वडा नम्वर ५ मझौउ बस्ने लक्ष्मण मण्डलको २३ वर्र्षीय छोरा राजेश कुमार मण्डललाई सप्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानको क्रममा देखिएको छ ।

विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्षले सोहि गाउँपालिकाको अध्यक्षलाई फोन गरे हाम्रो गाउँमा एक जनाले भगवतिको मुकुट लिएर हिडि रहेको जानकारी पाएपछि प्रहरीले खबर गरेका थिए । खबर लगतै त्यस तर्फ प्रहरी टोलि पारिचाल गरि मुकुट सहित उनलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आइतबार साँझ ७ बजेतिर चोरी भएको मुकुट विहान ७ बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका एसपी धमलाले बताए । मुकुट चोरी गर्ने विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का राजेश मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भई रहेको बताए ।
साँझ मुकुट चोरी भएसँगै घटना लगतै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला र सशस्त्र प्रहरीका प्रमुख लगायतका टोलिहरु परिचालन गरी मुकुट खोजनका लागि सिमा नाका समेत सिल गरिएको थियो ।
https://www.youtube.com/watch?v=yzww8W8ol-o












