Logo

सप्तरीको खडक नगरपालिकामा नालामा युवकको शव फेला

                     
Logo २० श्रावण २०७८, बुधबार १४:०८    

कञ्चनरुप श्रवाण २० गते ।

सप्तरीको खडक नगरपालिका –३ गरुराहा टोलमा आज बिहान स्थानीय मुक्ति रामका २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । हिजो साँझ नै घरबाट निस्किनुभएका श्यामसुन्दर रातभरि नआएको र बिहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन् । यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दाबी गरेका छन् ।

परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता माधवप्रसाद काफ्लेले शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताए ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मदिरा सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, तर पनि पोष्टमार्टम रिर्पोट आएपछि त्यही अनुसार अनुसन्धान अघि बढाउँनेछौं’, उनले भने। मृतक श्यामसुन्दरका पत्नी र साढे दुई वर्षीया छोरी छन् । मृतकको शव पोष्टमाटमका लागि सिरहाको लहान अस्पताल पठाएको छ ।

 

कञ्चनरुप नगरपालिकाको सुचना


लोकप्रिय छुटाउनुभयो कि ?