Logo

क्रियाशील सदस्यको नबिकरणलाई लिएर मरो बद्नाम गराउने प्रयास गरियोे : ललन प्रसाद गुप्ता

                     
Logo २० श्रावण २०७८, बुधबार १५:३५    

कञ्चनरुप , श्रवण २० गते ।

नेपाली कांग्रेस  सप्तरीको क्षेत्र नं. १ का स सभापति ललन प्रसाद गुप्ताले पत्र पत्रिका तथा सामाजिक सन्जालमा क्रियाशील सदस्यको नबिकरणको सम्बन्धमा प्रकासित भएका गतिविधिकाहरु बारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

सप्तरीको क्षेत्र नं. १ का स सभापति तथा कञ्चनरुप नगरपालिकाका प्रत्यासी मेयरका उम्मेदबार समेत रहेका ललन प्रसाद गुप्ताले आज एक प्रस विज्ञप्ती जारी गदै यस्तो जनाएका हुन ।

उनले प्रेस विज्ञप्ती मा भनेका छन नेपाली कांग्रेस अनुशासन ,मर्यादित र बिधीबिधानमा चल्ने लोकतान्त्रिक पार्टी भएको हूदा क्रियाशील नविकरण, र नया आबेदन भर्ने भराउने आफ्नै निती र नियम छन, जुन नियमको परीधीभित्र रही क्रियाशील नबिकरण तथा नया आबेदन मातहतका कमिटी मार्फत प्रक्रियागत तरीकाले केन्द्रसम्म पुगेको अवगत गराएका छन ।

विज्ञप्तीमा उल्लखे भए अनुसार १४ औ महाधिवेशन प्रयोजनमा सप्तरी जिल्ला निर्बाचन क्षेत्र न १ को नबिकरण र नया आबेदन लाई सफ्टवेयर मा ईन्ट्री गराउने र प्रमाणित गराउने कार्यमा मेरो प्रत्यक्ष रूपमा कूनैपनि संलग्नता नभएको समेत गुताले जानकारी गराएका छन ।

क्रियाशील सदस्यको नाम समावेस गराउन बिधीबिधानले ज़िम्मेवारी पाएका नेताजिहरूबाट बद्वमासी गरी संगठनमा आँच पुराई कार्यकर्ताको मनोबलमा ठेस पूग्ने मनासायले कूनै पनि ग़लत काम भएको पाईएको मा म संगठनको लागी चूप लागेर नबस्ने कूरा पनि यहि बिज्ञप्ती मार्फत जानकारी गारका छन ।

पार्टीको आन्तरिक विषय लाई गलत समाचारको रुपमा फैलाई केही विपक्षीहरुले अगामी आउने महाधिवेशन तथा स्थानीय चुनाव मा पार्टी तथा आफ्नो बदनामी गरी फ्यादा उठाउने प्रयास गरिरहेको उल्लेख गरेका छन । सुभेछुक, शूभचिन्तक साथीहरूमा मिडियामा आएको अनाबश्यक हल्लाको पछी नलागी आगामी १४ महाधिवेशन तथा चाडै आउदै गरेको स्थानिय निर्बाचनमा जुट्न हार्दिक आग्रह गरेका छन ।

प्रेस बिज्ञप्ती

 

कञ्चनरुप नगरपालिकाको सुचना

 


लोकप्रिय छुटाउनुभयो कि ?