Logo

सप्तरीको कञ्चनरुप शंकर मावि सुब्बाटोलका २२ जना छात्रालाई साईकल बितरण

                     
Logo २५ श्रावण २०७८, सोमबार २१:४१    

२५ श्रावाण ,कञ्चनरुप ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सोमबार प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले कंचनरुप नगरपालिका ३ स्थित शंकर मावि सुब्बाटोलका २२ जना छात्रालाई साईकल बितरण गरेका छन् ।

उक्त्त विद्यालयमा अध्यनरत रहेका कक्षा ८ का २२ जना छात्रालाई एक कार्यक्रमको विच साईकल बितरण गरेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रणधिर कुमार चौधरी बताए ।

उक्त कर्याक्रमा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रा, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेर, स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, पूर्व जिल्ला उपसभापति भुपेन्द्र प्रसाद चौधरी, जसपा केन्द्रिय सदस्य कल्पना चौधरी, मिलन चौधरी, श्याम चौधरी, चित्तरंजन यादव लगायतका उपस्थिति रहेको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रणधिर कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम सम्पन्न भएको थियो ।

मन्त्री साहले मावि बरमझियामा २२, मावि मैनाकडेरीमा ३७, मावि डिमनमा ४६ र मावि लोहजरामा ३७ वटा साईकल बितरण गरेका चित्तरंजन यादवले बताए ।

फोटो ः राजेन्द्र मिश्रको वालबाट


लोकप्रिय छुटाउनुभयो कि ?