२५ श्रावण राजविराज ।


प्रदेश २ का आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबी कुमारी कर्णले पत्रकारहरुको हक अधिकारका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
राजबिराजमा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

जनमुखी पब्लिकेशन्स प्रालि खडक नगरपालिका ८ द्वारा सोमबार नेपाल पत्रकार महासंघ सप्तरीको सभा हालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संचार राज्यमन्त्री कर्णले श्रमजिवी पत्रकारको हक अधिकार सुनिश्चितताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री कर्णले अभिनन्दन ग्रहणले संचारकर्मी र समग्र संचार क्षेत्रको बिकास गर्न पर्ने थप दायित्वबोध गराएको भन्दै आफुले पाएको जिम्मेवारीलाई दृढताका साथ लागु गरि सप्तरी र सप्तरीबासीको शीर कहिल्यै झुक्न नदिने उल्लेख गरिन् । मन्त्री साहले सामाजिक बिकृतिको रुपमा झाङ्गिदै गएको लागुऔषध नियन्त्रणमा जोड दिईन् । उनले युवा पुस्तामा लागुऔषध प्रयोग कर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको भनी चिन्ता समेत व्यक्त गरिन् ।
मन्त्री कर्णले अभिनन्दन ग्रहणले संचारकर्मी र समग्र संचार क्षेत्रको बिकास गर्न पर्ने थप दायित्वबोध गराएको भन्दै आफुले पाएको जिम्मेवारीलाई दृढताका साथ लागु गरि सप्तरी र सप्तरीबासीको शीर कहिल्यै झुक्न नदिने उल्लेख गरिन् ।
जनमुखी पब्लिकेसन्स प्रालिका अध्यक्ष एवम् पत्रकार माला कर्णको अध्यक्षता तथा पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित अभिनन्दन समारोहमा मन्त्री कर्ण र वरिष्ठ ज्योतिष एवम् विशेषज्ञ डा. कैलाश प्रसाद साहलाई दोसल्ला तथा सम्मान–पत्रद्वारा सम्मान गरिएको छ । मन्त्री कर्ण र ज्योतिष डा. साह पब्लिकेसन्सद्वारा खडक नगरपालिकाबाट प्रकाशित कल्याण पोष्ट दैनिकका सल्लाहकार हुन् ।












