२७ श्रावण, काठमाडौं ।


सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नियुक्त गरेको हो । यसअघि २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी घिसिङ बिदा हुनु भएको थियो ।
लोडसेडिङ हटाउने, प्राधिकरणलाई घाटाबाट नाफामा लैजाने, चुहावट नियन्त्रणलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय हुनु भएको थियो । घिसिङको कार्यकाल सकिएपछि जनस्तरबाट पुन नियुक्त गर्न दवाव दिएपनि तत्कालिन केपी ओली नेतृत्वको सरकारले वेवास्ता गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।













